रामेछाप । रामेछापको मन्थलीमा रहेको नवराजगरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले शनिवार लिखुतामाकोसी गाउँपालिका ६ खिम्ति र मन्थली नगरपालीका १३ मिल्ति बजारका सेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको हो ।
नवजागरण बचत तथा ऋण सहकारीका अध्यक्ष श्याम थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा सहकारी शिक्षाका बारेमा सेयर सदस्यलाई शिक्षा उपसमितिका संयोजक नारायण बहादुर कार्कीले र संस्थाका बित्यि विवरण र संस्थाको गतिविधि बारेमा व्यवस्थापक रमेश कुमार उदासले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा संस्थाले सहकारी शिक्षा कार्यक्रमको आयोजना गर्नुको उदेश्य बारेमा संस्थाका सचिव सोमेस थापाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा उहाँले संस्थाको कार्य क्षेत्र बिस्तार भएको बताउदैँ संस्थाका नयाँ तथा पुराना सेयर सदस्यलाई संस्थाको हाल सम्मको अवस्था तथा बित्तिय अवस्थाको बारे जानकारी गराउन र सेयर सदस्यलाई बित्तिय साक्षरता प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
नवजागरण बचत तथा ऋण सहकारी संस्था लि। हाल ८ हजार ४ सय ९० भन्दा बढि सेयर सदस्य रहेका छन् । भने संस्था कुल सम्पति ५९ करोड भन्दा माथि रहेको छ । संस्थाले ४० करोड ऋण लगानी गरेको छ भने ४६ करोड भन्दा बढि बचत संकलन गरेको छ ।