ताजा समाचार


माकादुम युवा एकता समाजको चौथो अधिबेशन सम्पन्न

 नेपाल बाहक    १६ माघ २०७९, सोमबार ०७:५५     20 जनाले पढ़िसके

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुममा रहेको माकादुम युवा एकता समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य जोतेन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष के पी बुढाथोकीको अध्यक्षता कार्यक्रम आइतवार सम्पन्न भएको हो ।
अधिबेशनले अध्यक्ष गणेश बुढाथोकी, उपाध्यक्षमा सुदिप कार्की, सचिव रमेश बुढाथोकी, कोषाध्यक्षमा साजन बुढाथोकी चयन गरेको छ भने सदस्यहरुमा रामचन्द्र कार्की ,मनिशा खत्री ,एकराज महत, केपी बुढाथोकीलाई चयन गरेको छ ।
२०७३ सालमा स्थापना भएको माकादुम युवा एकता समाज सामाजिक कार्यहरु गदैँ आएको छ । समाज रुपान्तरण ,युवा एकीकरण ,समाजमा रहेका हरेक विकृति विसंगतिहरु लाई निरमुल पार्न , स्वास्थ ,शिक्षा , धार्मिक जस्ता संबेदनसिल क्षेत्र पुर्ण रुपमा विकास गराउन उक्त सस्था को स्थापन गरीयको माकादुम युवा एकता समाजका सचिव रमेश बुढाथोकी ले जानकारी दीनु भयो ।
माकादुम युवा एकता समाज द्वारा खाडादेबी गाउँपालीका वडा नंः ६ मा रहेका बिधालय हरुको शैक्षिक अवलोकन गर्नुका साथै साथै बीपन्न ,असाहय ,अपाङ्ग विद्यार्थी हरु लाई छात्रवृत्ति समेत बितरण गरेको छ ।