ताजा समाचार


प्रेस चौतारी नेपाल रामेछापको बिशेष पत्रकारिता पुरस्कारबाट घिसिङ सम्मानित

 नेपाल बाहक    २२ माघ २०७९, आईतवार १२:४०     27 जनाले पढ़िसके

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले बिशेष पत्रकारिता पुरस्कार युनिक बिफा घिसिङलाई प्रदान गरेको छ ।
प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवशको अवसरमा घिसिङ पुस्कार प्रदान गरिएको हो । प्रेस चौतारी नेपालको संस्थागत विकास र पत्रकारिताको क्षेत्रमा सहयोग पु¥याउने एक जनालाई चौतारीले सो पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रेस चौतारी नेपाल रामेछापका निर्वतमान अध्यक्ष एवंम पूर्व केन्द्रीय सदस्य घिसिङलाई यस वर्ष सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार ५ हजार रुपैँया नगद, दोसल्ला र सम्मान पत्र रहेको छ ।