ताजा समाचार


मन्थलीमा मावि बन्यो पाँचौँ पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता

 नेपाल बाहक    २८ माघ २०७९, शनिबार १८:०७     32 जनाले पढ़िसके

रामेछाप । मन्थली माविले ५ औँ पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बनेको छ । मन्थली नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार विजेता बनेको हो ।
मन्थली माविले यो वर्ष २१ वटा स्वर्ण, १४ रजत र १८ कास्य पदक सहित प्रथम भएको हो । मन्थली माविले नगद २० हजार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हाँसिल प्राप्त गरेको छ ।
त्यस्तै मन्थलीमा सञ्चालन भएको तामाकोसी बोर्डिङ स्कुलले ९ वटा स्वर्ण, १३ वटा रजत र १२ वटा कास्य पदक सहित दोस्रो बनेको छ । तामाकोसी बोर्डिङ स्कुल नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने ६ वटा स्वर्ण, ७ रजत र ५ कास्य पदक सहित रुद्रक्षेश्वार मावि तेस्रो भएको छ । रुद्रक्षेश्वार मावि नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
५० वटा स्वर्ण पदको लागि नगरपालिका भित्रका २२ वटा माध्यमिक विद्यालयहरूले तीन दिन भलिबल, ऐथ्लेटिक्स, कबडी, तेक्वान्दो, उसु र कराते विधामा प्रतिस्पर्धा गरेका थिए ।