ताजा समाचार


नावालिक बलात्कार गरी फरार व्यक्ति पक्राउ

 नेपाल बाहक    २९ माघ २०७९, आईतवार १५:५७     330 जनाले पढ़िसके


रामेछाप । रामेछाप प्रहरीले नावालिक बलात्कार गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनपाति गाउँपालिका २ का २६ वर्षीय चेत बहादुर मगर भन्ने रबिन थापा मगर रहेका छ ।
उनले माघ २७ गते सोही स्थानकी १४ वर्षीय नावालिकलाई बलात्कार गरेको रामेछाप प्रहरीले जनाएको छ । बलात्कार गरे पछि उनी फरार रहेका थिए । मगरलाई माघ २८ गते खाँडादेवी गाउँपालिका १ खैरिनिबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मगर माथि थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।