रामेछाप, ९ फागुन । मन्थली नगरपालिकाको आयोजना भएको प्रथम मन्थली नगर कप भलिबल प्रतियोगिताको उपाधि वडा न. १ ले जितेको छ । आइतबारबाट मन्थलीमा सुरु भएको भलिबलमा प्रत्येक वडाबाट १।१ गरी १४ टिमको सहभागिता रहेको थियो ।
मन्थली नगरपालिका वडा १ मन्थलीले वडा न. १४ फुलासीलाई २५–२१,२५–२२ र २५–१७ सेटले पछि पादैँ प्रथम नगर कपको उपाधि उचालेको हो । प्रतियोगिता मन्थली प्रथम पुरस्कार १ ले नगद एक लाख सहित नगर कपको शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितिय स्थान हुन वडा न. १४ फुलासीले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । तृतिय स्थान हासिल गरेको वडा नं ७ भटौलीले नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । सान्त्वना भएको सालुले नगद ३० हजारमा चित्त बुझाएको छ ।