ताजा समाचार


जिल्ला अस्पताल रामेछापमा डायलायसिस सेवा सुरू

 नेपाल बाहक    १२ फाल्गुन २०७९, शुक्रबार १२:३०     419 जनाले पढ़िसके


रामेछाप । जिल्ला अस्पताल रामेछापमा बिहिबारबाट डायलायसिस सेवा सुरू भएको छ । बागमती प्रदेश सरकारको पहलमा रामेछाप अस्पतालमा डायलायसिस सेवा सुरु गरको हो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय, प्रदेश आपूर्ति व्यवस्थापन शाखा, अस्पताल विकास समितिको प्रयासमा जिल्ला अस्पताल डायलायसिस सेवा सुरू भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पवन अधिकारीले नागरिकको सेवालाई ध्यानमा राखेर आजबाट डायलायसिस सेवा सुरु गरिएको बताउनु भयो । उहाँका अनुसार दैनिक दुई जना बिरामीलाई डायलायसिस गर्न सकिनेछ ।