रामेछाप । फागुन २२ गते देखि २४ गते सम्म कुवुकास्थलीमा भलिबल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको प्रयोजन तथा वडा खेलकुद विकास समितिको आयोजनामा भलिबल प्रतियोगिताको आयोजना हुन लागेको वडाध्यक्ष गुण कुमार थापाले बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार १५१ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । द्धितिय हुने टिमले नगद ३१ हजार १३१ शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद २१ हजार १२१ शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद ११ हजार १११, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष थापाले बताउनु भयो ।
प्रतियोगिताका वेस्ट प्लेयर, वेस्ट स्पाइकर, वेस्ट ब्लकर, वेस्ट लिफ्टर र वेस्ट डिफेन्डर लाई समेत पुरस्कार व्यवस्था रहेको आयोजकले जनाएको छ ।