ताजा समाचार


सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा निः शुल्क स्वास्थ्य शिविर (फोटो फिचर)

 नेपाल बाहक    २६ फाल्गुन २०७९, शुक्रबार १७:३४     18 जनाले पढ़िसके

सिन्धुली । सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा शुक्रबार निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सुनकोसी सामुदायिक अस्पताल खुर्कोटको आयोजन तथा नेशनल न्युरो सेन्टर काठमाडौँको प्रबिधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो । शिशिरमा नेशनल न्युरो सेन्टर काठमाडौँका वरिष्ठ नशा रोग विशेषज्ञ डाक्टरहरूले निः शुल्क स्वास्थ्य गर्नुका साथै परामर्श समेत दिएका थिए ।
शिविरमा हात खुट्टा नचल्ने, लुलोपन भएका, मस्तिष्क घात भएको, ढाड दुख्ने,झमझम गर्ने, टाउको दुख्ने बेहोस हुने समस्या भएका बिरामीहरूलाई फिजियोथेरापी गरिनुका साथै औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा रामेछाप, सिन्धुली र ओखलढुङ्गाका १ सय ५० जनाले सेवा लिएको थिए ।

 

फोटाहरु