ताजा समाचार


स्वबियू निर्वाचनको लागि विद्यार्थी सङ्गठनद्वारा उम्मेदवारी दर्ता

 नेपाल बाहक    २७ फाल्गुन २०७९, शनिबार १९:०९     132 जनाले पढ़िसके


रामेछाप । चैत ५ गते हुने स्वबियू निर्वाचनको लागि आज बिद्यार्थि संगठनहरुले आफ्ना उम्मेद्वारहरुको उम्मेद्वारी दर्ता गराएका छन् । मन्थली सहित स्मृति क्यापसमा स्ववियु सभापतिका लागि अनेरास्ववियु र सत्ता साझेदार दलका बिद्यार्थि संगठनहरुले संयुक्त उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुबाट सभापतिमा पुष्कर भट्राई, सचिवमा सुशील थापा र कोषाध्यक्षमा विनिता श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । अनेरास्ववियुले स्ववियु सदस्य प्रत्यक्षतर्फ अनिल श्रेष्ठ, अनिषा घिमिरे, रविना श्रेष्ठ, सुदिप कार्की र सोमहरि घिमिरेलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुले समानुपातिक तर्फ उत्सव केसी, जोनसोन कार्की, दिपिका सुवेदी, दीपेन्द्र खड्का, मसली तामाङ, मुकेश भण्डारी, विकास गजमेर, सुनिशा कर्माचार्य, सुस्मा श्रेष्ठ र अम्बिका नेपालीको नाम बुझाएको छ ।
यस्तै सत्तासाझेदार बिद्यार्थि संगठनबाट सभापतिमा अभिनाश कार्की, सचिवमा तेज बहादुर श्रेष्ठ, कोषाध्यक्षमा कविता खरेलको उम्मेदवार दर्ता गरेको छ । गठबन्धनमा मनीषा काफ्ले, युवराज बुढाथोकी, विनीता माझी, अनोज घिमिरे, विनोद बुढाथोकीलाई सदस्यको उम्मेदवार दिएका छन् ।