रामेछाप । बलात्कार आरोप लागेका मन्थलीका व्यवसायीलाई जिल्ला अदालत रामेछापले सफाइ दिएको छ । जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले सोमबार कठायतलाई सफाइ दिएको हो ।
कठायत विरुद्ध बुहारी नाता पर्ने बिनु यादवले गत वैशाख ६ गते जबरजस्ती करणी उद्योग गरेको आरोपमा लगाउदैँ मुद्दा दायर गरेकी थिइन । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला न्यायाधीश शर्माको इजलासले कठायतलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेश विरुद्ध कठायतले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालतले उनलाई सामान्य तारिखमा छाड्ने आदेश दिएको थियो ।