ताजा समाचार


रामेछापको गोकुलगंगा गाउँपालिकामा एमालेको मिसन ग्रासरुट

 नेपाल बाहक    ३० फाल्गुन २०७९, मंगलवार १७:४०     9 जनाले पढ़िसके

रामेछाप । नेकपा एमाले रामेछापको मिसन ग्रासरुट अभियान मंगलबारबाट गोकुलगंगा गाउँपालिकामा सुरु भएको छ ।
नेकपा एमाले गोकुलंगा गाउँ पार्टी अध्यक्ष दीपक कार्कीको अध्यक्षता तथा पार्टी पोलिटब्युरो सदस्य अरुण नेपालको प्रमुख आतिथ्ययतामा कार्यक्रमको शुभारम्भ गरिएको हो । अभियान शुभारम्भ गर्दै नेपालले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो । नेपालले नेकपा एमालेलाई जनताको बिचमा थप स्थापित गराउन मिसनले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, वाग्मती प्रदेश सदस्य शान्तिप्रसाद पौडेल, जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ, प्रदेश सदस्य दीपशिखा दाहाल, पार्टी सचिव पुरुषोत्तम कँडरिया लगायतका नेताहरूले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
बैठकमा प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी तथा सदस्य र वडा कमिटीका पदाधिकारीको सहभागिता रहेको थियो । पालिका स्तरको कार्यक्रम सकेपछि वडा र बस्तीस्तरसम्म अभियान सञ्चालन हुने पालिका कमिटी अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।