ताजा समाचार


रामेछापका ८८ जनालाई राष्ट्रिय शहीदको मान्यता

 नेपाल बाहक    ५ चैत्र २०७९, आईतवार ०९:०८     129 जनाले पढ़िसके

रामेछाप । रामेछापका ८८ जनाले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
रामेछाप जिल्लामा २०५५ साल कार्तिक २३ गते ज्यान गुमाएका साबिक मन्थली ६ का तीर्थ बहादुर श्रेष्ठ सहित २०६२ साल पुस १२ गते ज्यान गुमाएका साबिक बेथान गाविस वडा नं ७ का जनक लामा सम्मको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । रामेछापका ३२ जनालाई २०६५ साल पुस ९ गते र ५६ जनालाई २०६७ साल असार ९ गते शहीद घोषणा गरिएको राजपत्रमा उल्लेख छ ।