ताजा समाचार


मन्थली क्याम्पसको स्ववियू सभापतिमा नेबिसङ्घका कार्की, सचिव अनेरास्ववियु थापा विजयी

 नेपाल बाहक    ६ चैत्र २०७९, सोमबार १०:२२     170 जनाले पढ़िसके


रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको सभापतिमा नेपाल विद्यार्थी सङ्घका अविनाश कार्की विजयी भएका छन् ।
आइतबार भएको मतदानमा अनेरास्वबियूका पुष्कर भट्टराईलाई ६३ मन्तान्तरले पछि पादै विजयी कार्की विजय भएका हुन् । मतदान भएको मत मध्ये २ सय ८६ कार्की र २ सय २३ मत भटाराइले प्राप्त गरेका थिए ।
त्यसै गरी सचिवमा अखिल क्रान्तिकारीका तेज बहादुर श्रेष्ठ पछि पादै अनेरास्वबियूका सुशील थापा विजय भएको छन् । कुल मतदान मध्ये थापाले २ सय ६० र श्रेष्ठले २ सय ४४ मत प्राप्त गरेका थिए । भने कोषाध्यक्षमा अनेरास्वियूकी उम्मेदवार विनीता श्रेष्ठ र नेबिसंङ्घकि उम्मेदवार कविता खरेल बरावर २ सय ५० मत प्राप्त गरेका थियो ।
मन्थली क्याम्पसमा स्ववियु निर्वाचनमा ५ सय १४ जनाले मतदान गरेका थिए । क्याम्पसमा कूल ७ सय ३ मतदाता रहेका थिए । स्ववियुको नयाँ नेतृत्व चयनका लागि १ सय ६५ जना छात्र र ३ सय ४९ जना छात्राले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।