ताजा समाचार


खाँडादेवीमा एक बिद्यालय एक उद्यम कार्यक्रम सञ्चालन

 नेपाल बाहक    १३ चैत्र २०७९, सोमबार ०७:१०     224 जनाले पढ़िसके


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले एक बिद्यालय एक उद्यम कार्यक्रम सञ्चालन गरेको छ । शिक्षालाई उत्पादन संग जोड्न सो कार्यक्रम सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताउनु भयो ।
गाउँपालिका भित्र सञ्चालनमा भएका बिद्यालयका बिद्यार्थिहरु प्रत्यक्ष रूपमा उद्यममा सहभागी हुने गरी यो कार्यक्रम सञ्चालनलाई जोड दिएको छ । विद्यार्थीलाई विद्यालय तहदेखि नै रोजगारतर्फ आकर्षित गराउनका यो वर्ष माध्यमिक र आधारभूत गरी १५ वटा विद्यालयलाई यो कार्यक्रमका लागि छनोट गरेको गाउँपालिकाका शिक्षा अधिकृत मीनबहादुर थापाले बताउनुभयो ।
कार्यक्रमका लागि १५ वडा बिद्यालय छनोट भएका छन् । शिक्षालाई उत्पादनसँग जोड्न र विद्यार्थीलाई विद्यालय तहदेखि नै रोजगारतर्फ आकर्षित गराउन यो वर्ष १५ वटा विद्यालयमा प्रति विद्यालय पाँच लाख रुपियाँका दरले ७५ लाख रुपियाँको लागतमा उद्यम सञ्चालन गरिने छ ।
एक विद्यालय एक उद्यम कार्यक्रम अन्तर्गत विद्यालयहरूमा मौरीपानलन, कुखुरा पालन, तरकारी खेती, मत्स्यपालन, किवी खेती, र च्याउ खेती जस्ता कार्यक्रमहरू सञ्चालन हुने छन् ।