ताजा समाचार


सूचना प्रविधि दिवसमा रक्तदान

 नेपाल बाहक    १९ बैशाख २०८०, मंगलवार १८:३७     286 जनाले पढ़िसके


रामेछाप । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाले राष्ट्रिय सूचना प्रविधि दिवस –२०२३ को अवसरमा आज रक्तदान तथा निःशुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘सुरक्षित सूचना प्रविधि सुशान र समृद्धि भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्वको भावनाले मन्थलीको देवकोटा चोकमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

क्यान महासंघ रामेछापको आयोजना, नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा २४ पिन रगत संकलन हुनुका साथै १० जनाले रक्त समूह परिक्षण गराएका थिए । रक्त समूह परिक्षणको लागि प्राविधिक सहयोग मन्थली पोलिक्लिनिकले गरेको थियो ।
कार्यक्रममा क्यान महासंघ रामेछाप शाखाका पदाधिकारी तथा सदस्यहरुका साथै व्यवसायी र सर्वसाधारणहरुले रक्तदान कार्यक्रममा सहभागीता जनाएका थिए ।