ताजा समाचार


मन्थलीमा साईबर सेक्युरीटी तालिम तथा सचेतना कार्यक्रम हुने

 नेपाल बाहक    २० बैशाख २०८०, बुधबार १६:१३     430 जनाले पढ़िसके


मन्थली । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाले राष्ट्रिय सूचना प्रविधि दिवस –२०२३ को अवसरमा आगामी बिहिबार बैशाख २१ गते साईबर सेक्युरिटी तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ । ‘सुरक्षित सूचना प्रविधि सुशासन र समृद्धि भन्ने मुल नाराका साथ नेपाल सरकारले सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेसँगै रामेछापमा पनि कार्यक्रम गर्न लागिएको हो ।
रामेछापमा हुने उक्त कार्यक्रममा प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझी, नेपाल बैंक लिमिटेडका साइबर सेक्युरिटी विभागका प्रमुख बन्दना शर्मा र क्यान महासंघ केन्द्रीय महासचिव चिरञ्जिवि अधिकारी विज्ञका रुपमा सहभागी हुनेछन् ।
मन्थली नगरपालिकाको सभाहलमा हुने कार्यक्रम क्यान महासंघको बागमति प्रदेश स्तरीय हुनेछ । उक्त कार्यक्रममा १ सय जना सहभागी हुने अनुमान गरि सोही अनुरुपको तयारी गरिएको छ ।
उक्त कार्यक्रममा अहिलेको सूचना प्रविधिको युगमा हर मानिसले साइबर सुरक्षा अपनाउन गर्नुपर्ने सावधानी र आफूले भोगेका समस्याहरुमा केन्द्रीत रहेर अन्तरक्रिया गरिने छ ।