ताजा समाचार


रामेछाप प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

 नेपाल बाहक    २ जेष्ठ २०८०, मंगलवार ०९:१३     413 जनाले पढ़िसके


रामेछाप । रामेछाप प्रहरीले फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला अदालत रामेछापले कैद तथा जरिवाना तोकेका फरार भएका अभियुक्तलाई रामेछाप प्रहरीले गोप्य सूचनाको आधरमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुटपिट अंगभंग मुद्रामा ५ महिना ३ दिन कैद र ५ हजार जरिवाना तोकेका रामेछाप नगरपालिका ८ का ३२ वर्षीय दीप कुमार तामाङ रहेका छन् भने अर्का जबरजस्ती करणी मुद्रामा ३ वर्ष ५ महिना ७ दिन कैद र एक लाख नगद जरिवाना तोकिएका लिखुतामाकोसि गाउँपालिका ३ का ४९ वर्षीय सिंग बहादुर कामिन रहेका छन् । उनीहरूलाई पक्राउ गरी जिल्ला कारागारमा चलान गरिएको रामेछाप प्रहरीले जनाएको छ ।