ताजा समाचार


चर्चामा आएका सबै काण्डको निष्पक्ष छानविन होस् : एमाले नेता रिमाल

 नेपाल बाहक    ३ जेष्ठ २०८०, बुधबार १६:११     309 जनाले पढ़िसके


रामेछाप । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिले चर्चामा आएका सबै काण्डको निष्पक्ष छानविन गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रामेछापले बुधबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमाले सबै विषयमा छानबिन अघि बढाउन राजनीतिक दल तयार हुनुपर्ने बताउनुभयो । नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेको प्रष्ट दृष्टिकोण रहेको उहाँले बताउनुभयो । उहाँले आरोप लागेका सबै नेताहरूलाई अनुसन्धान प्रक्रियामा सहयोग गर्न सुझाव दिनुभयो ।
रिमालले सो प्रकरणमा प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभयो । नेपाल प्रहरी अनुसन्धानमा अब्बल भए पनि कसैको प्रभावमा परेर काम गर्नु नहुने उहाँले बताउनुभयो । निष्पक्ष छानबिनको सट्टा सरकारमा रहेको नेताहरूले रसिइवी साँध्न लागे भने अनर्थ हुने उहाँले चेतावनी दिनुभयो
एमालेले नक्कली भुटानी शरणार्थी मात्र होइन सबै घटनाको निष्पक्ष छानबिन होस् भनिरहेको उहाँले बताउनुभयो । एमालेसँग जोडिएर पनि केही कुरा उठाइएको बताउँदै ओम्नी काण्ड, यति काण्ड, ललिता निवास काण्ड, ह्वाइटबडी काण्ड, सबै कृत्रिम काण्डको बारेमा छलफल होस् भन्ने एमालेको माग रहेको उहाँले बताउनुभयो । यतिसम्मकी क्यान्टोनमेन्टमा रहेका लडाकुलाई दिएको रकमको समेत छानबिन हुनु पर्ने एमालेको अडान रहेको उहाँले बताउनुभयो ।