ताजा समाचार


बालमैत्रि स्थानिय शासन कार्यन्वयनका लागि कठजोरमा अभिमुखिकरण

 नेपाल बाहक    ६ जेष्ठ २०८०, शनिबार १२:५९     380 जनाले पढ़िसके


रामेछाप । मन्थली नगरपालीका ३ कठजोरमा बालमैत्रि स्थानिय शासन कार्यान्वयन गर्नका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मन्थली नगरपालीकामा बालमैत्रि स्थानिय शासन कार्यन्वयन गर्ने निति अनुरुप वडामा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा २०८० चैत २० गते वडामा बाल अधिकार सुनिश्चित गर्न र बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता भएको वडाध्यक्ष कृष्णगोपाल थापाले बताउनु भयो । यसको लागि एक वर्षसम्म विभिन्न मापदण्ड पूरा गरिने उहाँले जानकारी दिनुभयो ।