रामेछाप । मन्थलीमा अत्यधिक तापक्रम वृद्धि भएको भन्दै मन्थलीमा सञ्चालन भएका निजी विद्यालय ५ दिनको लागि पठनपाठन बन्द गरेका छन् । बर्खे बिदा बाट कट्टा हुने गरी तामाकोसी बोडिङ्ग, लिटिल स्टार र केव्स स्कुलले पठनपाठन बन्द गरेका हुन् । उनीहरूले शुक्रवार सूचना जारी गदै ज्येष्ठ ३२ गते सम्म विद्यालयमा पठन पाठन बन्द गरेका हुन् ।