रामेछाप । हरेक शनिवार बिहान ६ बजे पश्चात् अनिल साउद मन्थलीको देवकोटा चोकमा रहेको पिपलको बोट निर भेटिन्छन् । उनको साथमा ब्लड पेसर परीक्षण गर्ने तौल नाप्ने वइट मेसिन र अन्य केही सामान्य स्वास्थ्य परीक्षण गर्ने केही औजार पनि सँगै हुन्छ ।
दार्चुला घर भई हाल मन्थली बस्दै आएका साउद देवकोटा चोकको पिपल छेउमा रहेको कुर्चीमा बसेर निःशुल्क रूपमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दछन् । उनले यो काम २०७९ मङ्सिरबाट देखि सुरु गरेको थिए । साउद सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य परामर्श समेत दिने गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीमा कार्यरत साउदले सर्वसाधारणको निःशुल्क पेसर परीक्षण गर्ने र तौल समेत नाप्ने काम गदै आएका छन् । साउदले एक्लो पहलमा सो सेवा सञ्चालन गरिरहेका छन् ।
साउदले गदै आएको सो काम उदारणिय रहेको स्थानीय युवा विपिन भटाराइ बताउँछन् । साउदको यस्तो कर्मबाट न्यून आय भएका नागरिकले फाइदा उठाउन सक्ने भटाराइ बताए । उनको कामलाई सबैले सहयोग गर्न र प्रचार समेत गर्नु पर्ने उनको भनाइ रहेको छ ।
साउदको चाहना अझै सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य परामर्श दिने रहेको बताउँछन् । तर यो कामले निरन्तरता नपाउने हो कि भन्ने समेत चिन्ता रहेको उनले बताए । आफू बाहिर जानु परो भने यो सेवाले निरन्तरता पाउँदैन कि भन्ने चिन्ता रहेको साउद बताउँछन् ।
साउदको आर्को आकाङ्क्षा भनेको निःशुल्क रगत परीक्षण, सुगर पसेर परीक्षण समेत गर्नु रहेको छ । यसको लागि खर्च लाग्ने भएकाले उनी आफूलाई सहयोग गर्ने निकाय समृत खोजी रहेका छन् । स्वास्थ्य परिक्षको लागि आवश्यक सामग्रीको अभावमा उनले चुनौती सामना गरी रहेका साउदले सामाजिक सङ्घ संस्था र व्यक्तिहरूलाई सहयोगको लागि अनुरोध गरेका छन् । साउदलाई केही व्यक्ती तथा संस्थाले सकारात्मक प्रतिक्रिया दिनुका साथै सहयोगको बचन समेत दिएका साउद बताउँछन् ।
साउदले गरेको यो कार्यलाई मन्थली नगरपालिकाले समेत प्रशंसा गरेको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले साउदको कार्यलाई सहयोग गर्ने समेत बताएका छन् ।