ताजा समाचार


नाबालिग बलात्कारको आरोपमा एक जना पक्राउ

 नेपाल बाहक    २८ श्रावण २०८०, आईतवार ०७:२७     789 जनाले पढ़िसके


रामेछाप । रामेछाप प्रहरीले बलात्कारको आरोपमा एक जना पक्राउ गरेको छ । प्रहरीले नावालिक बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका –८ बाबियाखर्कका ३७ वर्षका भूपेन्द्र भुजेल रहेका छन् । उनलाई  १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको रामेछाप प्रहरीले जनाएको छ । भुजेलले साउन २५ गते दिउँसो १ बजेको समयमा भुजेलले गाउँकै १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

भुजेललाई नियन्त्रणमा लिइएको बताइएको छ । भुजेललाई नियन्त्रणमा लिएर घटना बारे आवश्यक थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।