ताजा समाचार


आँखा पाक्ने रोगबाट अति प्रभावित विद्यालयमा पठनपाठन बन्द

 नेपाल बाहक    २८ श्रावण २०८०, आईतवार १६:५७     384 जनाले पढ़िसके

रामेछाप । शिक्षक र विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण देखिए पश्चात् रामेछाप प्यासनले पठनपाठन बन्द गरेको छ । प्यासन रामेछापले जिल्लामा यो रोगबाट अति प्रभावित भएका ४ वटा निजी बिद्लयमा ३ दिनको लागि पठनपाठन बन्द गरेको प्यासन रामेछापका अध्यक्ष केशव तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँ अनुसार आँखा पाक्ने रोगको प्रकोपले सबै भन्दा बढी शिक्षक र विद्यार्थी प्रभावित भएको भन्दै विद्यालय पठनपाठन बन्द गरिएको छ । प्यासन रामेछापले मन्थली नगरपालिका १ मा सञ्चालन भएको लिटिल स्टार इंग्लिश स्कुल, तामाकोसी इंग्लिश बोर्डिङ स्कुल, केब्स स्कुल र मन्थली नगरपालिका ७ मा सञ्चालन भएको नर्मदेश्वर इंग्लिश बोर्डिङ स्कुलमा पठनपाठन पूर्ण रूपमा बन्द गरेको हो ।

त्यसै गरी मन्थली मावि मन्थलीमा पनि ७ दिनको  लागि पठनपाठन बन्द भएको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार आँखा पाक्ने रोगबाट अति प्रभावित भएका विद्यालयले आन्तरिक निर्णय गरेका तत्कालका लागि पठनपाठन बन्द गरेर नगरपालिकालाइ जानकारी गराएका छन् । हाल सम्म ४ निजी र १ सामुदियक बिद्लयले पठनपाठन बन्द गरेको जानकारी गराएका छन् ।