ताजा समाचार


खाँडादेविमा पर्यटकलाई लक्षित गदैँ पाहुनाघर सञ्चालन

 नेपाल बाहक    २४ भाद्र २०८०, आईतवार १३:३०     287 जनाले पढ़िसके

 रामेछाप । खाँडादेवि गाउपालिकामा अन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गदैँ पाहुना सञ्चालनमा आएको छ । पर्यटन व्यवसायिक सहकारी सस्था लि खाँडदेवि गाउँपालिका ६ माकादुमले सञ्चालन गर्ने पाहुना घरको शनिवार एक कार्यक्रम गरी खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको हो । कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष नरबहादुर बुढाथोकिले गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दैँ पर्यटन व्यवासयिक सहकारी सस्थाका निवर्तमान अध्यक्ष रमेश केसिले सहकारीले निकै समस्या र चुनौतिको सामना गदैँ यहाँ सम्म आइपुग्न सफल भएको बताउनु भयो । उहाँले सहकारीलाई सफल बनाउन खाँडादेवि निवासी सबैको महत्वपृर्ण भुमिका रहेको बताउदै सबैलाई धन्यवाद समेत दिनु भयो त्यसै गरि नेपाल पर्यटन राष्ट्रिय व्यवसायिक सहकारी सघका लेखा सुपरिवेक्षक  समितिका संयोजक तेज बहादुर बोहोराले सहकारीले बचत उठाउने  र ऋण लगानीले मात्र सहकारी चलाउन नसकिने बताउदैँ सहकारीले प्रत्येक सदस्यलाई  उत्पादनसँग जोड्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै खाँडादेवि गाउँपालिकाकी उपाध्क्षले रमा घिसिङले महिलाहरु सहकारी प्रति आकर्षित भएको बताउदैँ व्यवासय तर्फ उन्मुख भएको बताउनु भयो । सहकारीले महिलालाई लक्षित गदैँ योजना बनाएर कार्यन्वयन गर्न समेत अनुरोध गर्नु भयो ।