ताजा समाचार


  चुनावी प्रतिवद्धता पुरा गर्छौः वडाध्यक्ष थापा

 नेपाल बाहक    २४ भाद्र २०८०, आईतवार १६:३५     784 जनाले पढ़िसके

रामेछाप । उमाकुण्ड गाउँपालिका ३ कुभुकास्थलिका वडाध्यक्ष गुणकुमार थापाले कार्यकालको अन्तिमा बर्ष सम्म चुनावमा गरेका प्रतिवद्धता पुरा गर्ने बताउनु भएको छ । नेपाल बाहक डटकमका लागि गरिएको कुराकानिमा उहाँले अति आवश्यक काम बाहेक वडा बाहिर नगई काम गरेको बताउनु भएको हो ।

वडामा रहेका ६ सय ६५ घरधुरिको सामित्यमा रहेर काम गरेको बताउदैँ उहाँले शिक्षा, स्वास्थ, खानेपानी तथा अन्य आधरभुत आवश्यकताका सेवामा सुधार गरेको बताउनु भथो । अब प्रस्तुत छ । वडाध्यक्ष थापा सँग गरेको कुराकानिको सम्पादित अश

उमाकुण्ड गाउँपालिका वडा न ३ कुभुकास्थलीको वडाध्यक्षमा निर्वाचित भएर काम गर्नु भएको दुई वर्ष लाग्यो । यो अवधिमा के के काम गर्नु भयो ?

हामी निर्वाचित भएर काम गर्न सुरु गरेको झन्डै साडे एक वर्ष भयो । हामी आए पश्चात् १२ महिना नै वडामा यातायात सञ्चालन गर्न सफल भएका छौँ । बर्खाको समयमा पनि हामीले स्थानीय श्रोत र साधनको प्रयोग सडक मर्मत गरेका थियौँ । खानेपानीको लागि एक घर एक धाराको योजना ल्याएका थियौ । त्यो पनि पुरा गरेका छौ । बत्ती पनि हाम्रो सबै ठाउँमा पुगेको छ । केही क्षेत्रमा बाकिँ रहेको छ । त्यसको लागि आवश्यक पहल गरेका छौ । दसैँ तिहारको बिचमा सबै स्थानमा बिजुली बत्ती पुग्ने छ ।

हामीले राम्रो वडामा रहेका ७ वटै विद्लयमा इ हाजिरीको व्यवस्था गरेका छौँ । शिक्षा क्षेत्रको सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरेका छौ । विद्लयमै खाजाको व्यवस्था गरेका छौ । शिक्षामा गुणस्तर वृद्धि गर्न शिक्षक बिद्धर्थि कर्मचारी जनप्रतिनिधि अभिभावक सबै मिलेर काम गरेका छौ । स्वास्थ्य क्षेत्रमा पनि हामीले सुधार गरेका छौ । हाम्रो वडामा रहेको स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा प्रभाव गरेका छौ भन्ने लाग्छ हामीले । सरकारले निःशुल्क दिने सबै खाले औ‌षधि हामीले उपलब्ध गराएका छौ । कतिपय अवस्थामा घरदैलोमै गएर पनि सेवा दिएका छौ ।

कृषि जन्य उत्पादन वृद्धि तथा बजारीकरण लागि केही योजना बनाउनु भएको छ ?

कृषि उपजको बिक्री वितरणको लागि वडाले योजना निमार्ण गरी रहेको अवस्था छ । यहाँ बढी मात्रामा आलु किवी फलफूल जडीबुटी उत्पादन हुने गरेको छ । अहिले हाम्रो वडामा उत्पादन भएको कृषि उपज बाम्ति बजारमा बिक्री हुन्छ । त्यो बाहेक जिल्ला सदरमुकाम र कठमान्डौँ जाने गरेको छ । यसको लागि कृषकलाई के सहयोग गर्न सक्छ हामी छलफलको चरणमा छौ । सायद यातायात कै व्यवस्था गरिदिन पाए कृषकलाई सहज हुने छ भन्ने हाम्रो विश्वास छ ।

जिल्ला सदरमुकाम देखि वडा कार्यालय सम्मका सडकमा १२ महिनै यातायात सञ्चालन गर्न सक्ने अवस्था छ ?

सडकको सन्दर्भमा हाम्रो वडाका नागरिकको कुनै गुनासो छैन भन्ने लाग्छ मलाई । किनभने हाम्रो वडामा देखि मन्थली काठमाडौँ सम्म नियमित ठुला गाडीमा सञ्चालन हुने गरेका छन् । बर्खाका समयमा कहिले काहि समस्या आउँदा पनि तत्कालै सबधान गरेका छौ ।

तपाईँ  वडाको भौतिक सरचनाको अवस्था कस्तो छ ? यहाँको वडाबाट नागरिकहरूले के कस्ता सेवा तथा सुविधा पाएका छन् ?

भौतिक सरचनाका कुरा गर्दा हाम्रा वडामा रहेका सबै विद्लयका भवन सुविधा सम्पन नै छन् । वडा कार्यालयको पनि निमार्ण कार्य सम्पन्न भएको छ । स्वास्थ्य संस्थाको भने काम भई रहेको छ । अहिले सम्म केही सरचनाहरु बनेका छन् भने मन्दिर गुम्बा जस्ता धार्मिक तथा पौराणिक स्थलमा पुनः निमार्णको लागि बजेट विनियोजन गरेकोमा धमाधम काम हुँदै छ ।

नागरिकको अपेक्षा के के थिए,  कतिको पुरा गर्नु भए जस्तो लाग्छ ?

म निर्वाचित हुनु अघिदेखि नै नागरिक नै छु । त्यति बेला उहाँहरू शिक्षा स्वास्थ्य खानेपानी सडक जस्ता अति आवश्यक कुराहरू माग गर्नु हुन्थ्यो । अहिले हाम्ले त्यो काम पुरा गरेको जस्तो लाग्छ मलाई । हाम्रो वडामा ६ सय ६५ घरधुरी रहेका छन् । म लगायत निर्वाचित हाम्रो टिमले उहाँहरूका समस्यालाई नजिक बाट नियालेका छौ । आवश्यक परेको ठाउँमा हामीले सके सम्म समन्वय गरे समस्या सावधान गरेका छौ ।

यहाँ विशेष गरी जनजातिहरूको बसोबास रहेको छ । उनीहरूको भाषा संस्कृति धर्म सरक्षणको लागि के योजना बनाउनु भएको छ ?

हाम्रो वडामा बहुभाषिक बहुसस्कृतिक नागरिकहरूको बसोबास रहेको छ । उहाँहरूको भाषा संस्कृति सरक्षणका लागि वडाले आफूले सकेको गरेको छ भन्ने यहाँ समक्ष जानकारी गराउदँ छु । जस्तै सुनुवार जातिका लागि सग्रालय नै निमार्ण गर्दै छौ । जहाँ उहाँहरूको इतिहास भाषा संस्कृतिको अध्ययन गर्न सकिने छ भने शेर्पाहरूको लागि उहाँहरूको भाषा संस्कृति सँग सम्बन्धित बाजगाज वितरण गरेका छौ । भने दलित समुदायको लागि सामूहिक रूपमा दमाहा झम्टा लगायत दुई थान आवश्यक सामाग्री वितरण गरेका छौ ।

 अन्तरी तथा बाह्य पर्यटक भित्र्याउने केही योजना छन् ?

पर्यटन प्रवर्धन गर्न गाउँपालिकाले नै योजना बनाएर काम गरी रहेको छ । तामे डाँडा लगायतका स्थानमा पर्टकिय संरचना निमार्ण गरिएको छ । वडामा समेत पर्यटकीय संरचना निमार्णको लागि पहल गरेका छौ ।

काम गर्दा समस्या र चुनौतीहरू के के रहे ?

अब काम गर्दाका चुनौतीहरू त धेरै देखिन्छन् । आए पनि । सबै नागरिकको एउटै चाहना हुनु रैछ । मेरो वडा र म प्राथमिकता परौँ भन्ने तर कतिपय अवस्थामा त्यस्तो चाहना नपुग्दा नागरिक गुनासो असन्तुष्टि प्रस्ट नै देखिन्छ । आएका गुनासोलाई छलफलको माध्यमबाट समाधान गरी आवश्यकताको आधरमा वडाबाट निर्णय गरेर काम गरेका छौ । हामीले ५ बर्षकै लागि योजना निर्माण गरेर काम गरेका छौ । कुन वर्षमा के के काम गर्ने भनेर सोही योजना अनुसार काम गरेका छौ । त्यसै आएका समस्या र चुनौतीलाई चिर्दै काम गरेका छौ ।

यहाँले प्रवाह गरेको सेवा प्रति नागरिक कतिको सन्तुष्ट छन् भन्ने लाग्छ  ?

हामीले गरेको सेवा प्रवाह प्रति नागरिक सन्तुष्ट नै हुनुहुन्छ भन्ने लाग्छ । सबै भन्दा धेरै सडक सम्बन्धी गुनासो आउने गरेकोमा अहिले १२ महिना नै सडक सञ्चालन गर्न सकिने स्थिति भएकाले त्यो समस्या समाधान भएको छ भने । शिक्षा स्वास्थ्य र अन्य धेरै कुरा जो नागरिक सँग सरोकार राख्दछ सुधार गरेका छौ । त्यस कारण नागरिकहरू सन्तुष्ट हुनुहुन्छ भन्ने लाग्छ ।

चुनावमा गर्नु भएका प्रतिबद्धता कति पुरा भए । कार्यकाल समाप्त हुनु अघि सबै पुरा हुन्छन् ?

हाम्रो कार्यकाल सकिनु भन्दा अघि केही एकादुइ बाहेकका चुनावी प्रतिबद्धता पुरा गर्छौ । हामी अहिले अति आवश्यक काम बाहेक एकदुइ पनि वडा नछोडी काम गरिरहेका छौ । त्यस कारण हामी हाम्रो चुनावी प्रतिबद्धता पुरा गर्छौ ।