ताजा समाचार


रामेछापमा यात्रु बाहक बस दुर्घटना

 नेपाल बाहक    २७ भाद्र २०८०, बुधबार १४:५०     251 जनाले पढ़िसके


रामेछाप । रामेछापमा बुधवार यात्रु बाहक बस दुर्घटना भएको छ ।
सुनापाति गाउँपालिका २ रजमनटारबाट काठमान्डौँ तर्फ जादैँ गरेको वा ३ ख ५९६० नम्वरको बस दुर्घटना भएको हो । बस आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोकिएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बसमा २० जना यात्रु सवार रहेका थिए । भने ७ जना अलि बढी घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि धुलिखेल अस्पताल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी रञ्जन गिरीले दिनु भयो ।