रामेछाप । प्रधानमन्त्री कृषि परियोजना रामेछापका परियोजना प्रमुख थिरलाल गैरेले परियोजना कारण कृषकको जिवनस्तरमा सुधार भएको बताउनु भएको छ । परियोजनाले पकेट क्षेत्र घोषणा गरेर काम गरे पश्चात् कृषकहरु व्यवसायिक कृषि तर्फ आकर्षित भएको बताउदैँ यसबाट आयआर्जनमा समेत वृद्धि भएको बताउनु भएको छ ।
प्रस्तुत छ नेपाल बाहक डटकमका लागि परियोजना प्रमुख थिरलाल गैरे सँग गरिएको कुराकानिको सम्पादित अशः
रामेछापमा आलु जोन कार्यक्रम कसरी अघि बढि रहेको कस्तो छ ?
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना रामेछापले उमाकुण्ड गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकालाई आलु जोन कार्यक्रम छ । आलु जोनका मुख्य कार्यक्रम मध्ये प्रथामिकता रहेका कार्यक्रम भनेःको आलुको बिउ उत्पादन र बजारिकरण हो । यसको लागि बिभिन्न समुह र सहकारीहरु सँग मिलेर काम गरिरहेका छौ ।
अहिले पूर्व मुल बिउलाई यहाँका अगुवा कृषक र कृषि फर्मले रोपेर प्रमाणित प्रथम पुस्ता दितिय पुस्ता र तृतिय पुस्ता हुदैँ उन्नत जातको बिउ समेत उत्पादन गर्नु भएको छ । कृषकहरुले रोग तथा किराबाट मुक्त गराई शुद्ध विउ उत्पादन गर्नु भएको छ । यसका लागि परियोजनाले नियमित अनुगमन गर्ने र प्रविधिक सहयोग गर्ने काम गरेको छ ।
अहिले आलु मात्र नभएर रामेछापबाट दोलखा सिन्धुपाञ्चोक सिन्धुली आखलढुङ्गा नुवाकोट लगाएत तराई क्षेत्रका जिल्लामा आलुको बिउ निर्यात हुने गरेको छ । रामेछापबाट निर्यात भएको आलुलाई कृषकले राम्रो भएको प्रतिक्रिया दिनु भएको छ । रामेछापको बिउलाई शुद्ध र राम्रो उत्पादन दिने बिउका रुपमा जिल्ला बाहिरका कृषकहरुले हेर्नु भएको छ । अहिले रामेछापको आलु तथा आलुको बिउ निर्यातमा कुनै समस्या छैन । रामेछापको आलु र आलुको बिउको माग एकदमै बढेको छ । यसकारण हामि रामेछापमा आलु बिउको स्रोत केद्र बढाउने योजनामा रहेका छौ । यसका लागि हाम्रो पहिलो प्रथामिकता भनेको गुणस्तरीय बिउ उत्पादन गर्ने हुन्छ ।
उत्पादन भएको आलु तथा आलुको बिउको बजारिकरणमा परियोजनाले कसरि सहयोग गरि रहेको छ ?
अहिले इन्टरनेट र सोसलमिडया सबैको पहुँचमा रहेको छ । नागरीकले पनि यसको अत्याधिक प्रयोग गर्नु हुन्छ । त्यस कारण प्रचारप्रसार सजिलो र कम खर्चिलो भएको छ ।
एक प्रकारले प्रचार र बजारिकरणको लागि सोसलमिडिया प्रयोग भएको छ भन्दा खासै फरक नपर्ला । हामिले पनि यसैको प्रयोग गरेका छौ । अनि माग भए अनुसार हामि हार्मो ब्राण्ड लोगो सहित प्याकिङ्ग गरेर बाहिरका जिल्ला निर्यात गर्दछौ । यसमा स्थानिय सरकार कृषि ज्ञान केन्द समेतको सहयोग रहने गरेको छ ।
कृषकलाई प्रोत्साहन गर्न परियोजना सँग कस्ता योजना रहेका छन् ?
यो परियोजना मुख्य उदेश्य भनकै कृषकलाई सहयोग गर्ने रहेको छ । स्थानिय स्तरमा उत्पादन वृद्धि गर्नु गुणस्तरीयता कायम गर्नु र कृषकलाई आर्थिकरुपमा सक्षम बनाउनु हो ।
हामिले गाउँ गाउँमा कृषक समुह र सहकारी बनाएका छौ । उहाँहरु मार्फत गोष्ठि र सचेतनाका कार्यक्रम गर्ने गरेका छौ । धेरै त हामिले कृषकहरुको घरघरमा पुगेर प्रचार गरेका छौ । उत्पादन बढाउन सहयोग गर्नुका साथै उन्नत जातका बिउ बिजन समेत बितरण गरेका छौ । विमाका लागि सहयोग गरेका छौ । गत साल जुनारमा गरेका छौ भने आलुमा पनि सुरुवात गरेका छौँ ।
सिँचार्इ तथा मलखाद्धको अभाव भएको किसानको गुनासो पनि सुनिन्छ नि ?
रसाइनिक मलको प्रयोग त्यति हुन्न् । हामिले कृषकहरुलाई प्रङ्गारीक मल प्रयोग लागि प्रत्साहान गर्ने गरेका छौ । अहिले गाँई बस्तु पाल्ने क्रम घटेको छ । त्यस कारण समस्या भएको हो । यसका लागि भकारो सुधारका कार्यक्रम ल्याएका छौ ।
परियोजनाका कारण कृषकको जिवन स्तर परिवर्तन भएको छ त ?
हाम्रो परियोजनाले काम गरेको ठाउँमा कृषकहरुको जिवन स्तरमा सुधार भएको छ । पहिले जिवन निर्वाहमुखि कृषकहरु अहिले व्यवसायिक बन्नु भएको छ । तपाई आफैले फिल्डमा जादाँ सोध्न सक्नु हुन्छ । हाम्रो परियोजनाले काम गरेका स्थानका कृषकहरुले बार्षिक १ लाख देखि १०र१५ लाख सम्म कृषि पेशाबाट आम्दानि गरिरहनु भएको छ । अझै समुह र कृषि सहकारी मार्फत समेत हामिले काम गरेका छौ । उहाँहरुको आम्दानि ५० लाखौँ करोडौँमा छ ।
प्रविधिक सहयोक सोचे जस्तो पाईन्न भन्छन् नि कृषक ।
जुनार तथा बाख्रा जोन कार्यकर्य समेत हाम्रो रहेको छ । त्यस कारण प्रविधिक कृषकहरुले सोचे जसरी जान पुग्न नसकेका हुन् । गत बर्ष चाहि कर्मचारी पनि कम थिए, तर हाम्रो नियमित निगरानि हुन्छ । टेलिफोनबाटै भए पनि काम कृषकको सम्पर्कमै रहन्छौ ।