रामेछाप । रामेछापमा शुक्रवारबाट प्रथम अखिल महोत्सव तथा १३ जिल्ला अधिवेशन सुरु भएको छ । शनिवार सम्म चल्ने महोत्सव मन्थलीको तिनलाल पार्कमा सुरु भएको छ । अनेरास्ववियुका वर्तमान संयोजक मदन खड्काको अध्यक्षता र केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्ययतामा महोत्सव तथा जिल्ला अधिवेशन सुरु भएको हो ।
तीनलाल पार्कको खुला चौरमा भइरहेको कार्यक्रममा अनेरास्ववियुका महासचिव नरेश रोका, नेकपा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेशसभाका सदस्य सदस्य आनन्द कुमार श्रेष्ठ , एमाले वाग्मती प्रदेश कमिटीका सदस्य लगायत एमाले रामेछापका नेताहरूको सहभागिता रहेको छ ।
अखिलको १३ औँ जिल्ला अधिवेशनले रामेछापको नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व हत्याउन संयोजक मदन खड्का, सह–संयोजक हिमाल बोहरा र सचिव पुष्कर भट्टराईले अध्यक्षमा दाबी गरेका छन् ।