ताजा समाचार


अनेरास्ववियु रामेछाप अध्यक्षमा पुष्कर भट्टराई चयन

 नेपाल बाहक    ३० भाद्र २०८०, शनिबार १४:२३     392 जनाले पढ़िसके

रामेछाप । अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई चयन भएको छन् । मन्थलीमा शुत्रबारबाट भएको १३ औं अधिवेशन पुष्कर भट्टराईको अध्यक्षमा ५१ सदस्य जिल्ला कमिटि सर्वसम्मत गठन गरेको हो । कमिटिको उपाध्यक्षमा निशान श्रेष्ठ, रिया मगर, गोपाल थोकर,  सचिबमा युवराज सुनुवार, सहसचिवमा मुकेश भण्डारी, किरण कार्की, शुशिल थापा, कोषाध्यक्षमा प्रकास गौतम र कार्यालय सचिवमा बिक्रम खड्का चयन भएका छन् ।

कार्यक्रम अनेरास्ववियुका संयोजक मदन खड्काको अध्यक्षता र केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्ययतामा शुक्रबार दिउँसोबाट भएको थियो । मन्थलीको तीनलाल पार्कको खुला चौरमा भइरहेको कार्यक्रममा अनेरास्ववियुका महासचिव नरेश रोका, नेकपा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेशसभाका सदस्य सदस्य आनन्द कुमार श्रेष्ठ , एमाले वाग्मती प्रदेश कमिटीका सदस्य लगायत एमाले रामेछापका नेताहरूको सहभागिता रहेको थियो ।

अध्यक्ष पदमा सयोजक समेत रहेका मदन खड्का, सह-सयोजक हिमाल बोहोरा र भट्टराईले दावि गरेका थिए ।