रामेछाप । रामेछाप कारागारमा कैद भुक्तान गरिहरेका ३ जना कैदीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा विभिन्न मुद्दामा कैद भुक्तान गरी रहेका जना कैदीको कैद मिनाहा भएको रामेछाप कारागारले जनाएको छ ।
४० देखी ५० प्रतिशत कैद सजाय भोगिसकेकाहरूको सजाय मिनाहा भएको हो । कैद मिनाहा हुनेहरूमा सर्लाहीका राजेशचन्द्र सिंह, रामेछाप नगरपालिका ३ का दिल कुमार तामाङ र सुनापती गाउँपालिका ३ का सोम बहादुर तामाङ रहेका छन् । चोरी तथा कुटपिट मुद्दामा जेल परेका उनीहरूको ५० प्रतिशत कैद भुक्तान गरिएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनुभयो ।
सल आचरण र व्यवहारका आधारमा जिल्ला कारागारबाट सिफारिस भएपछि संविधान दिवसको अवसरमा उनीहरूलाई कैद सजाय तोकेको मिति अगावै जेल मुक्त गरिएको कारागार प्रमुख तामाङले बताउनुभयो ।