ताजा समाचार


नावालिक बलात्कारको आरोपमा एक जना पक्राउ

 नेपाल बाहक    ८ आश्विन २०८०, सोमबार १७:०६     313 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले नावालिक बलात्कार गरेको आरोपमा एकजाना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका ३ का ४७ वर्षीय दिल बहादुर कार्की रहेको रामेछाप प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कार्कीले असोज ४ गते उमाकुण्ड गाउँपालिका ५ कि एक महिलालाई बलात्कार गरेको आरोप रहेको छ । भने उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि उमाकुण्ड गाउँपालिका बस्ने एक ६० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा  १५ वर्षीय बालक  पक्राउ परेका छन् । उनलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको रामेछापका प्रहरी प्रमुख डिएसपी होम बहादुर पराजुलिले बताउनु भयो ।