ताजा समाचार


नवजागरण साकोसले ८.२५ प्रतिशत सेयर लाभास वितरण गर्ने

 नेपाल बाहक    २० आश्विन २०८०, शनिबार १८:५३     463 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई ८‍।२५ प्रतिशत सेयर लाभास वितरण गर्ने भएको छ ।

संस्थाको २५ औँ साधरणसभामा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नारायण बहादुर कार्कीले सो संस्थाले आर्थिक वर्ष २०७९।८० मा एक करोड बढी खुदा नाफा कमाउन सफल भएको बताउनु भयो । कोषाध्यक्ष कार्कीले प्रस्तुत गरेको प्रतिवेदनमा एक करोड ९ लाख ८१ हजार ४६५ रुपैयाँ खुद नाफा कमाएको उल्लेख गरिएको छ । प्रस्तुत प्रतिवेदन अनुसार संस्था हाल ९ हजार भन्दा माथि सेयर सदस्य रहेका छन् । भने संस्थाले ४ करोड ७६ लाख ८३ हजार २ सय बरावरको सेयर ५० करोड ५१ लाख ६६ हजार ८ सय ३० रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाले ४० करोड ५२ लाख ४ हजार ४ सय ९९ बचत सकलन गरेको उल्लेख गरेको थियो । संस्थाको ६ करोड ३६ लाख ३५ हजार ४ सय ४० रुपैयाँ जगेडा कोषमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले आर्थिक वर्ष ०८०।८१ मा ११ हजार माथि सेयर सदस्य पुर्‍याउने लक्ष्य लिएको छ । भने बचत ५८ करोड ५६ करोड ४४ लाख ५० हजार ऋण लगानी गर्ने लक्ष्य रहेको सचिव सोमेस थापाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले विभिन्न सेवा केन्द्र अन्तरगर्त साधारण सभा गरेको थियो । संस्थाको २५ औँ साधरणसभाको अन्तिम साधारण सभा संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता र मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो ।