ताजा समाचार


रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुँदै

 नेपाल बाहक    २१ आश्विन २०८०, आईतवार २०:२८     413 जनाले पढ़िसके

रामेछाप । रामेछापमा बाग्मती प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल विद्यार्थी स‌ङ्घ रामेछापको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता प्रथम नेवि सङ्घ कप २०८० हुने भएको नेवि सङ्घ रामेछापका उपाध्यक्ष बिमल पौडेलले जानकारी दिनु भयो ।

पौडेलका अनुसार असोज २८ गते देखि मन्थलीमा प्रतियोगिता हुने छ । नेपालीहरूको प्रमुख चार्ड विजय दशमी शुभदिपावली तथा छट पर्व २०८० को अवसरमा पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतियोगितामा बाग्मती प्रदेशका १३ जिल्लाले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख सहित शिल्ड मेडल र प्रमाण पत्र द्धतिय हुनेले नगद १ लाख ५० हजार शिल्ड मेडल र प्रमाण तृतीय हुनेले नगद १ लाख सहित शिल्ड मेडल र प्रमाण र सान्त्वना हुने नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाण  प्राप्त गर्ने उपाध्यक्ष पौडेलले जानकारी दिए । भने विधागत पुरस्कारका र प्रतियोगिताका बारेमा केहि दिनमा पत्रकार सम्मेलन गरि जानकारी गराइने पौडेलले बताउनु भयो ।