रामेछाप । रामेछापमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राइजिङ्ग स्टार युथ क्लब मन्थली नगरपालिका ३ कठजोरको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
विजया दशमी तथा शुभदिपावलीको अवसर आयोजना हुन लागेको प्रतियोगिता कात्तिक १ देखि ३ गते सम्म सञ्चालन हुने क्लबका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ७१ हजार १११, शिल्ड,मेडल प्रमाणपत्र द्धतिय हुनेलाई नगद रु ५१ हजार १११ शिल्ड,मेडल,प्रमाणपत्र, तृतीय हुनेलाई नगद रु ३१ हजार १११ शिल्ड,मेडल,प्रमाणपत्र र सान्त्वना हुनेलाई नगद रु ११ हजार १११ प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।