ताजा समाचार


साहारा साकोसको मुनाफा ४१ लाखको हाराहारी

 नेपाल बाहक    २६ आश्विन २०८०, शुक्रबार २०:२२     301 जनाले पढ़िसके

रामेछाप । मन्थलीमा  सञ्चालित साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेडले ४१ लाखको हाराहारीमा मुनाफा कमाएको छ । सहकारीले  आर्थिक बर्ष २०७९।८० मा ४० लाख ९५ हजार १५४ रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

शुक्रबार मन्थलीमा भएको साधरणसभामा  कोषाध्यक्ष चुक्त बहादुर मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सहकारीले सो रकम मुनाफा कमाउन सफल भएको हो । प्रतिवेदनमा अनुसार हाल सस्थामा ४ हजार ७ सय ४४ जना सेयर सदस्य रहेका छन् ।

प्रतिवेदन अनुसार सहकारीको कुल सम्पति २७ करोड ५१ लाख ९३ हजार ९५१ पुगेको छ । भने सस्थाले १६ करोड ६४ लाख २१ हजार ५७८ रुपैया ऋण लगानि गरेको छ । सहकारीको जडेगा कोषमा ७७ लाख २३ हजार ७८ रुपैँया ४० पैसा रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रम सस्थाका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्थतामा सम्मन्न भएको थियो ।