ताजा समाचार


मन्थली साकोसको २६ ‌औँ साधारण सभा सम्पन्नः ५८ लाख बढि मुनाफा

 नेपाल बाहक    २७ आश्विन २०८०, शनिबार १९:३३     269 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित मन्थलीमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ बार्षिक साधारण सभा शनसवार मन्थलीमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकि प्रमुख चिना कार्किको प्रमुख आतिथ्यता र मन्थली नगरपालीका नगर प्रमुख लव श्रेष्ठको विशिष्ठ आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष टिका प्रसाद भट्ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले गत आर्थिक वर्ष २०७९÷०८० मा ५८ लाख ८ हजार रुपैयाँ बढी खुद नाफा कमाएको छ । गत वर्ष ५८ लाख ८ हजार ८२५ रुपैयाँ खुद नाफा कमाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोषाध्यक्ष भट्टले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार सो संस्थाको शेयर पुँजी ९ करोड ५० लाख १९ हजार ९०० रुपैयाँ पुगेको छ । त्यस्तै बचत सङ्कलन ९१ करोड ७३ लाख ३९ हजार १४७ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७९÷०८० मा संस्थाले ७१ करोड ३५ लाख ६३ हजार ४३९ रुपैयाँ ऋण लगानी गरेको छ ।

कार्यक्रममा सहकारीका सचिव हिमाल ढुङ्गेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ मा हाल रहेको १५ हजार ८२९ जना शेयर सदस्यबाट पाँच हजार थप गरी २० हजार ८२९ जना शेयर सदस्य पु¥याउने संस्थाले लक्ष्य लिएको उल्लेख गरिएको छ । सचिव ढुङ्गेलले सदस्य जीवन सुरक्षा कोष अन्तरगत मृतक सदस्यका परिवारलाई राहत स्वरूप २० हजार रुपैयाँ उपलब्ध गराउने, दुर्घटना बिमा अन्तरगत मृतक सदस्यका परिवारलाई संस्थाले बिमा बापतको एक लाख रकम दिँदै आएकोमा त्यसलाई निरन्तरता दिने, संस्थाको कार्यक्षेत्रमा मूलतः सदस्य केन्द्रित विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने तथा कार्यक्षेत्र अन्तरगत पालिकाहरूमा निःशुल्क जनरल स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने लक्ष्य सहितको ३० बुँद्दे आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।