ताजा समाचार


नवजागरण साकोस उत्कृष्ट सहकारीका रूपमा सम्मानित

 नेपाल बाहक    १९ कार्तिक २०८०, आईतवार २०:१८     372 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा सम्मानित भएको छ । जिल्ला सहकारी सङ्ग रामेछापकाे शनिवार भएको छैटौँ वार्षिक साधारणसभामा नवजागरण साकोसलाई जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा सम्मान गरिएको हो ।

साधरणसभाले उत्कृष्ट सहकारीको व्यवस्थापकको रूपमा मन्थली बचत तथा ऋण सहकारीका व्यवस्थापक भेष बहादुर श्रेष्ठ र उत्कृष्ट सहकारी अभियन्ताका रूपमा लिखु तामाकोसी गाउँपालिका ६ खिप्तीमा सञ्चालित जनहित कोष सहकारीका अध्यक्ष मुकुन्द कडरीयालाई सम्मान गरेको थियो ।

सङ्गमा अहिले १९९ वटा सहकारीहरू सङ्घको शेयर सदस्य रहेका छन् भने आगामी वर्ष थप २५ वटा सकारीलाई शेयर सदस्य बनाएर २२४ शेयर सदस्य पु¥याउने लक्ष्य लिएको सङ्घका सचिव नवीन केसीले बताउनुभयो ।

रामेछाप जिल्ला सहकारी सङ्घले गत आर्थिक वर्ष २०७९÷०८० मा २ लाख ५६ हजार ७२५ रुपैयाँ आम्दानी र २ लाख ४६ हजार ६७९ रुपैयाँ खर्च गरेको कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । कार्यक्रम सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षता र प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो ।