रामेछाप । सामुदायिक विकास समाज रामेछापले ४ वटा खानेपानि आयोजना हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच दातृ निकाय, सामुदायिक विकास समाज र सुनापति गाउँपालिकाका पदाधिकारीबाट समुदायलाई हस्तान्तरण गरिएको हो ।
सुनापति गाउँपालिकाका ३ वटा वडाहरुमा ४ वटा खानेपानी आयोजना स्थानियलाई हस्तान्तरण गरिएको हो । रामेछापको सुनापति गाउँपालिकाका ५ वटै वडाहरुमा पिएसएफ लक्जेवर्गको आर्थिक सहयोगमा टिडिएच जर्मनीमार्फत सामुदायिक विकास समाज, मन्थली रामेछापद्वारा संचालित महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजना विगत ६ वर्षदेखि कार्य गर्दै आएको छ । परियोजना, सुनापति गाउँपालिका र उपभोक्ताको संयुक्त लगानीमा निर्माण सम्पन्न खानेपानी आयोजनाहरु समुदायलाई हस्तान्तरण गरिएको हो ।
मृथली–पहरीबस्ती खानेपानी आयोजना गुन्सी, डोग्मा–दलितटोल खानेपानी आयोजना, लामाटोल खानेपानी आयोजना (ए र वी) र ठूलो छाँगा–सिम्पानी–चाँपश्वरा लिफ्ट खानेपानी आयोजना दिमीपोखरी हस्तान्तरण गरिएको हो । सो खानेपानी आयोजना सम्पन्न भए पश्चात १ सय ८४ घरधुरी लाभान्वित भएका परियोजना संयोजक तिलक कार्कीले बताए । सो योजनाबाट स्वास्थ्य सुधार र सरसफाईमा सहयोग पुग्ने जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा पिएसएफ लक्जेम्वर्गका अध्यक्ष कमिल ग्रसले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । परियोजनामार्फत ग्रामिण महिला, बालबालिकासँग काम गर्दा पाएका अनुभव, सिकाइलाई सक्दो थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सुनापति गाउँपालिकाले परियोजनालाई सकरात्मक सहयोग र समर्थन गरी समग्र स्वास्थ्य र सरसफाईको क्षेत्रमा काम गरेको पाउदा खुशी लागेको बताए ।
सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले सम्वृद्ध सुनापति निर्माणमा परियोजनाले अतुलनीय योगदान गरेको बताए । खानेपानी, विद्यालय, महिला सशक्तिकरण र सरसफाइमा टेवा पुगेको बताउदै सो कार्यलाई निरन्तरता दिन प्रतिवद्ध रहेको समेत बताए । दातृ निकाय, सामुदायिक विकास समाजलाई पालिकालाई गरेको सहयोग सदा स्मरणीय रहेको बताए ।
टिडिएच जर्मनीकी देशीय संयोजक मोनी श्रेष्ठले योजनाको संरक्षण एवं दीगो उपयोग हुने विश्वासका साथ योजना सम्पन्न गर्न समुदायले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको लागि आभार व्यक्त गरिन ।
सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले राज्यको स्रोत साधान र अवसर माथिको पहँुच नभएका विकासको आधारभूत सुविधाबाट समेत बञ्चित समुदायमा सघाउन पाउँदा खुशी लागेको बताए । संस्थाले सो समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन अरु सरह हाराहारी र बराबरीमा उभ्याउन, हक अधिकार, पहुँच पु¥याउन सक्षम बनाउन सघाउनु पर्ने खाँचो रहेको बताए । खानेपानीले जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुलाई सहयोग पुगेको बताए । घरघरमा खानेपानी सुविधा उपलब्ध पश्चात स्वास्थ्य, सरसफाइमा सुधार ल्याइ महिलाहरुको कार्यबोझ घट्ने आशा व्यक्त गरे । सो आयोजनाबाट करेसाबारी प्रवद्र्धन भइ पोषण समेत टेवा पुग्दै आयआर्जनमा मद्दत पुग्ने बताए ।