ताजा समाचार


भुकम्प पिडितलाई मन्थली नगरपालीकाको आर्थिक सहयोग

 नेपाल बाहक    २१ कार्तिक २०८०, मंगलवार १९:३३     332 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाले भुकम्प प्रभावित जिल्लाहरुलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाले मंगलबार ३ लाख रुपैयाँ केन्द्रिय दैवि प्रकोप उद्धार कोषमा र २ लाख सिधै जाजरकोट जिल्ला प्रकोप उद्धारकोषमा पठाएको हो ।

गत शुक्रवार रातिको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको मृत्य भए सँगै ठूलो मात्रमा क्षति भएपछि संघिय सरकार संगै देश भित्र र बाहिरबाट सहयोग गर्ने संख्या वढ्दै जाँदा मन्थली नगरपालिकाले पनि आर्थिक सहयोग गरेको हो ।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विपद् परेको बेलामा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु नेपालीको दायीत्व भएकोले मन्थली नगरपालिकाले पनि सहयोग स्वरुप उक्त रकम पठाएको हो ।