ताजा समाचार


कर कार्यालयद्वारा उत्कृष्ट करदाता सम्मानित

 नेपाल बाहक    ७ मंसिर २०८०, बिहीबार १७:१३     758 जनाले पढ़िसके


रामेछाप । कर दाता सेवा कार्यालय रामेछापले उत्कृष्ट कर दातालाई सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवस सप्ताहको अवसर पारेर  करदाता सेवा कार्यालय मन्थलीले नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थली र ओम स्टोर्स एण्ड सप्लायर्स मन्थलीलाई सम्मान गरेको हो ।

एक कार्यक्रमका विच नवजागरण  सकोसका अध्यक्ष श्याम थापा र सचिव सोमेश थापाले संयुक्त रूपमा  प्रमाण पत्र ग्रहण गर्नु भएको थियो भने ओम स्टोर्स एण्ड सप्लायर्सको सम्मान पत्र प्रोप्राइटर लक्ष्मी थापाले ग्रहण गर्नु भएको थियो  ।

कार्यक्रममा व्यक्ति करदाता तर्फ ‌ओम स्टोर्स र संस्थागत तर्फ नवजागरण साकोसलाई उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको करदाता सेवा कार्यालय मन्थलीका सुचना अधिकारी नविन घिमिरेले जनाकारी दिनु भयो ।  सम्मानित हुने करदातालाई रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सम्मान पत्र वितरण गर्नु भएको थियो  ।