ताजा समाचार


अरनिको र हिमाल तराई यातयातका सह चालक बिच हात हालाहाल

 नेपाल बाहक    १७ मंसिर २०८०, आईतवार १५:२८     484 जनाले पढ़िसके

 रामेछाप । रामेछापमा  पूर्व अरनिको यातयात प्रालि र हिमाल तराई यातयत प्रालिका सह चालक बिच हात हालाहाल भएको छ । मन्थली हुदैँ धोबी,खिजीफलाटे, सिरिसे, ढाँडे जाँदै गरेको बा ५ ख ५८१७ नम्वरको पूर्व अरनिको यातयात प्रालि र ‍ओखलढुङ्गाबाट काठमाडौँ हिँडेको प्रदेश–३–०१–००५ ख ९९७२ नम्बरको हिमाल तराई यातायात प्रालिको बसका सहचालकलाई विच हात हालाहाल भएको रामेछाप प्रहरीले जनाएको छ ।

अहिले उनिहरु दुवैलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रामेछापमा छलफल भइ रहेको छ । सोहि यातयातमा सवारी यात्रुका अनुसार अरनिको यातयातका सहचालकले हिमाल तराइका सह चालक माथि एक्कासी आक्रमण गरेका थिए । ‘अरू कुरा त थाहा भएन तर, अरनिको गाडीमा मान्छे आएर यो गाडीका सहचालकलाई ढोका खोलेर भक्का भकी हाने एक यात्रु ले भने ।’