ताजा समाचार


एमालेको संकल्प यात्राः २५ गते मन्थलीमा विशेष कार्यक्रम हुने

 नेपाल बाहक    १९ मंसिर २०८०, मंगलवार १५:२१     392 जनाले पढ़िसके

रामेछाप । नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा मङ्सिर २५ गते रामेछाप प्रवेश गर्ने भएको छ । दोलखा हुदैँ संकल्प यात्रा २५ गते रामेछाप प्रवेश गर्ने नेकपा एमाले रामेछापले जनाएको छ ।

मङ्गलबार एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठक कार्यक्रमको तयारीमा लाग्न भातृ तथा सुवेच्छुक संगठनलाई निर्देशन दिएको छ । मन्थलीमा वसेको तयारी बैठकले मन्थली नगरपालीका १४ मालुखोलाबाट टोलिको स्वागत र्यालि सहित मन्थली सदरमुकाम विशेष कार्याक्रम गर्ने निणर्य गरेको एमाले रामेछापका सचिव पुरुषोत्तम कडेंरियाले बताउनु भयो ।

एमालेले मङ्सिर १४ गतेबाट बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ सुरु गरेको थियो । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले शुभारम्भ गर्नु भएको थियो । टोलिलाई २६ गते बिहान एमाले सिन्धुलीको जिल्ला कमिटिलाई हस्तान्तरण गरिने सचिव कडेंरियाले बताउनु भयो । विशेष कार्यक्रमा एमाले अध्यक्ष केपि शर्मा ‌ओलि लगाएतका नेताले सम्वोधन गर्ने एमाले रामेछापले जनाएको छ ।