ताजा समाचार


प्राथमिक उपचार तथा हेल्थ डेक्स व्यवस्थापन लागि पुर्नताजकी तालिम

 नेपाल बाहक    १९ मंसिर २०८०, मंगलवार १५:३६     258 जनाले पढ़िसके

रामेछाप । सुनापति गाउँपालिकाका १५ वटा विद्यालयका शिक्षक र बाल समुहका पदाधिकारीहरुका लागि ३ दिने प्राथमिक उपचार तथा हेल्थ डेक्स व्यवस्थापन पुर्नताजकी तालिम सम्पन्न भएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्थलीको सहजिकरणमा भएको हो ।

विद्यालयमा हुने दूर्घटनामा परेका विद्यार्थी तथा विद्यालय परिवारलाई दक्ष चिकित्सकसम्म पु¥याउनु पूर्व घाइते वा विरामीहरुको अवस्था विग्रन नदिन प्राथमिक उपचार कसरी गर्ने, प्राथमिक उपचारको प्रभावकारिता कसरी बढाउने र दूर्घटना न्यूनिकरणका उपायका बारेमा तालिम संचालन गरिएको परियोजनाका लेखा तथा प्रशासन अधिकृत सुमन बोहराले बताए ।

सामान्य चोटपटक तथा विरामी हुदा अपनाउनु पर्ने विधी र औषधी उपचारको जानकारी गराउने उद्देश्यले संचालन भएको पुर्नताजकी तालिममा सुनापति गाउँपालिकाका १५ वटा आधारभूत र माध्यमिक विद्यालयका २५ जनाको सहभागिता रहेको थियो । तालिम नेपाल रेडक्रस सोसाइटि मन्थली शाखाका प्रशिक्षक सन्तोष श्रेष्ठ, हरीकुमार श्रेष्ठ, सम्भु बुढाथोकीले सहजिकरण गरेका थिए ।

सुनापति गाउँपालिकाका १५ वटा विद्यालयहरुमा औषधी, उपकरण सहित हेल्थ डेक्स सहयोग गरेको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । जसलाई व्यवस्थापन गरी दीगो तथा प्रभावकारी संचालनका लागि तालिम आयोजना गरेको संयोजक कार्कीले बताए । महिनावारीलाई स्वच्छ एवं मर्यादित बनाउन स्वच्छता सामाग्री, आधारभूत औषधी, उपकरण, फर्निचर तथा सीप समेत प्रदान गरिएको छ ।