ताजा समाचार


सुनापतीका ३ वडामा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

 नेपाल बाहक    २० मंसिर २०८०, बुधबार ०७:०५     283 जनाले पढ़िसके

रामेछाप । सुनापति गाउँपालिका ३ वटा वडाहरुमा वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । सुनापाती गाउँपालिका १ गुन्सी, सुनपाती गाउँपालिका ३ हिलेदेवि र सुनपाती ५  खनियापानीमा समिति गठन गरिएको सामुदायिक विकास समाज मन्थली रामेछापका परियोजना संयोजक तिलक कार्की जानकारी दिनु भयो ।

समिति सम्वन्धीत वडाका वडाध्यक्षको अध्यक्षमा १९ देखि २१ सदस्य समिति गठन गरिएको छ । समिति गठन सहित वार्षिक कार्ययोजना तय गर्नुका साथै अभिमुखीकरण समेत गरिएको थियो ।

समितिमा वडाअध्यक्षको संयोजकत्व रहेको छ भने वडा सचिव सदस्य सचिव रहने गरि समिति गठन गरिएको छ । समितिमा स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षा निकायका प्रतिनिधि, बाल क्लवका प्रतिनिधि रहेका छन् ।

अभिमुखीकरण कार्यक्रममा खानेपानी तथा सरसफाइका क्षेत्रमा भएका अन्तराष्ट्रिय, राष्ट्रिय बैधानिक प्रावधान, पूर्ण सरसफाइका सूचकहरु, व्यक्ति, परिवार, समाज, विद्यालय, स्वास्थ्य संस्था, राजनैतिक दल, स्थानीय सरकारका भूमिका विषयमा छलफल भएको सहजकर्ता सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले जानकारी दिनु भएको थियो ।

वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको काम, कर्तव्य र भूमिका विषयमा छलफल गर्दै वार्षिक कार्ययोजना समेत तय भएको छ । कार्यक्रम सुनापति गाउँपालिका र वडा कार्यालयहरुको समन्वय र सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजनामा भएको थियो ।