ताजा समाचार


मुख्य दलहरू जिम्मेवार नबन्दा सङ्घीयता विरोधीलाई प्रोत्साहन मिल्योः मन्त्री श्रेष्ठ

 नेपाल बाहक    २० मंसिर २०८०, बुधबार १६:१२     293 जनाले पढ़िसके

रामेछाप । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले मुख्यादलहरु जिम्मेवार नबन्दा सङ्घीयता विरोधिहरुलाई प्रोत्साहन मिलेको बताउनु भएको छ । बुधवार रामेछापको मन्थलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

मुख्य राजनीतिक दलको नेतृत्व नै सङ्घीयता कार्यान्वयनमा गम्भीर नबन्दा आज जनमानसमा प्रदेशको आवश्यकता र औचित्यका बारेमा विस्तार बिस्तारै नकारात्मक कुराहरू पैदा भइरहेको उहाँले बताउनु भयो ।

सङ्घीय सरकार प्रति आक्रोश हुँदै मन्त्री श्रेष्ठले सङ्घीय सरकारले प्रदेश सरकारलाई धान खेतमा चरा धपाउन राखिएको बुख्याचा जस्तै बनाएको आरोप लगाएका छन  । संविधानले प्रदान गरेको अधिकार प्रदेशले उपभोग गर्न नपाउँदा अहिले प्रदेश र स्थानीय सरकार सङ्घीय सरकारको विरुद्धमा मुद्दा मामिला र आन्दोलन गर्न बाध्य अवस्थामा पुगेको उहाँको भनाइ रहेको थियो ।

उनले भने ‘‘सङ्घीय सरकारले प्रदेशको हाट खुट्टा बाँधेर दौड प्रतियोगितामा सहभागी गराइरहेको छ । जसका कारण प्रदेशमा नेतृत्व गरिरहेका सांसद तथा मन्त्रीहरू अहिले धान खेतमा चरा धपाउन राखिएको बुख्याचा जस्तै बनेका छन् ।’’ संविधानले दिएको अधिकार सङ्घीय सरकारले मुठ्ठीमा राखेका कारण अहिले प्रदेश सरकार बदनाम मात्रै भइरहेको मन्त्री श्रेष्ठको भनाइ रहेको छ ।