ताजा समाचार


पर्यटन व्यवसायिक सहकारीको साधरण सभा सम्पन् : ३३ लाखको हाराहारिमा मुनाफा

 नेपाल बाहक    २४ मंसिर २०८०, आईतवार १५:५५     549 जनाले पढ़िसके

रामेछाप । खाँडादेवि गाउँपालिका ६ माकादुम रामेछापमा रहेको पर्यटन व्यवसायिक सहकारी संस्था लिको १३ ‌ औँ बार्षिक साधरण सभा शनिवार खाँडादेविमा सम्पन् भएको छ ।

सहकारीका अध्यक्ष नर बहादुर बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिका अध्यक्ष केवि उप्रेतिको प्रमुख आतिथ्थतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सचिव गोपाल नेपालीले संगाठिनक प्रतिवेदन र कोषाध्यक्ष कमल महतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष महतको प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आर्थिक बर्ष संस्थाले कुल ३२ लाख ९२ हजार ३३२ रुपैँया १५ पैसा नाफा कमाउन सफल भएको छ । भने संस्थाको जगेडा कोषमा ३६ लाख ९१ हजार ४ सय ५८  रुपैँया रहेको छ ।

संस्थाले ८ करोड ६५ लाख ८२ हजार भन्दा बढि रकम ऋण लगानि गरेको कोषाध्यक्ष महतको प्रतिवेदमा उल्लेख छ  ।

पर्यटन व्यवसायिक सहकारीले पर्यटन खाँडादेवि ढुवानी सेवा सञ्चालन गरेको सचिव गोपाल नेपालीले बताउनु भयो । पर्यटकिय खाद्यन्न उद्योग र खाद्यन्न सहकारी पसल सञ्चालन गरेको सचिव नेपालीले प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । भने संस्था ४२ सय भन्दा माथि सेयर सदस्य रहेका छन् ।