ताजा समाचार


चलचित्र बगानको मन्थलीमा प्रदर्शन

 नेपाल बाहक    ६ माघ २०८०, शनिबार १६:४१     529 जनाले पढ़िसके


रामेछाप । नेपाली कथानक चलचित्रको मन्थलीमा प्रदर्शन भएको छ । शनिवार मन्थलीको एक होटेलमा चलचित्रको प्रदर्शन भएको हो । सरोज खनालको निर्देशनमा बनेको चलचित्र मानव अधिकारको लागि एकल महिला समूह जिल्ला समिति रामेछाप आयोजना प्रदर्शन भएको हो ।
मानव अधिकारको लागि एकल महिला समूह जिल्ला समिति रामेछापकी अध्यक्षको अध्यक्षता तथा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको प्रमुख आतिथ्थतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाकी संस्थापक अध्यक्ष प्रमीला सापकोटाले अहिले पनि एकल महिला समाजले हेर्ने नजर फरक रहेकोमा दुख व्यक्त गर्नु भयो । २०६६ सालमा दर्ता भएको संस्थाले विभिन्न समयमा एकल महिलाहरूका लागि कार्यक्रम गरेको भए पनि बजेट अभावका कारण केही समय यता कार्यक्रम गर्न नसकेको बताउनु भयो । स्थानीय सरकारले पनि एकल महिलाका संस्था आर्थिक सहयोग नगरेको गुनासो गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै अभिनेता तथा निर्देशक सरोज खनालले सामाजिक रूपान्तरणका लागि फिल्म बनाएको बताउनु भयो । फिल्म एकल महिलाको संग्रसको कुरालाई समेटेर निमार्ण गरिएको अभिनेता तथा निर्देशक खनालले बताउनु भयो । फिल्ममा सरोज खनाल निर शाह मिथिला शर्मा करिश्मा मानन्धर र आकाश श्रेष्ठ लगाएका कलाकारको अभिनय रहेको छ ।