ताजा समाचार


मन्थली साकोसले मनायो २७ ‌औँ स्थापना दिवस

 नेपाल बाहक    २० माघ २०८०, शनिबार १७:२०     340 जनाले पढ़िसके


मन्थली । मन्थलीमा सञ्चालन भएको मन्थली बचत तथा ऋण सहकारीले आफ्नो २७ ‌औँ स्थापना दिवस मनाएको छ । साकोसका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षता तथा नेफस्कुनका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा शनिवार २७ ‍औँ स्थापन दिवस मनाएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष गोविन्द प्रसाद घिमिरेले तामाकोसी सेवा समितिका तत्कालीन ११ जना कर्मचारीबाट रु १ हजारका दरले रकम सङ्कलन गरी सुरु भएको सहकारीले २७ औँ स्थापना दिवस मनाउन सफल भएको भन्दै खुसी व्यक्त गर्नु भएको थियो ।

त्यसै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेफस्कुनका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले सबै सहकारीलाई एउटै स्थानमा राखेर हेर्दा समस्या भएको बताउनु भयो । यसका लागि सबै सरोकारवाला, सेयर सदस्य र जनप्रतिनिधिलाई आफ्ना गतिविधिका बारेमा जानकारी गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै सहकारी अभियन्तालाई पनि आफ्नो कार्यमा सुधार गरेर लाग्नु पर्ने बताउनु भयो । नीतिगत रूपमै समस्या भएको भए पनि सुधार गरेर जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा उहाँले मन्थली सहकारीलाई अझ बित्तिय रुपमा सक्षम दिगो भरपर्दो विश्वासिलो गुणस्तरिय तथा सुरक्षित सहकारीको रूपमा विकास गर्दै सदस्यको आर्थिक तथा सामाजिक तथा सँस्कृतिक रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । यस सहकारीको उन्नति प्रगतिमा सेयर सदस्यको उल्लेखिनिय योगदान रहेको समेत अध्यक्ष घिमिरेले बताउनु भयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्टले हाल सम्म सहकारीले गरेको वित्तिय प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष भट्टले हाल संस्थाका सेयर सदस्यको सङ्ख्या १७ हजारको हाराहारीमा पुगेको बताउनु भयो । त्यसै गरी संस्थाको सेयर पुँजी ९ करोड १६ लाख ५४ हजार भन्दा माथि पुगेको, बचत सङ्कलन ९६ करोड ६५ लाख ६१ हजार भन्दा बढी पुगेको बताउनु भयो । सहकारीले हाल सम्म विभिन्न शीर्षकमा करिब ७६ करोड ७२ लाख भन्दा बढी रकम ऋण लगानी गरेको जानकारी दिनु भयो । त्यसै गरी संस्थाको जगेडा कोषमा ३ करोड ३६ लाख भन्दा बढी रहेको कोषाध्यक्ष भट्टले बताउनु भयो ।

कार्यक्रममा बोल्दै मन्थली सहकारीका सचिव हिमाल ढुङ्गेलले तामाकोसी अस्पतालको प्राविधिक सहयोगमा विभिन्न शिविर गरेको बताउनु भयो । सहकारी शिक्षा संम्वन्धि कार्यक्रम गरेको बताउनु भयो । जिल्लामा सेवा केन्द्र विस्तार गरेको, विद्यालयमा खुत्रुके बचत गरेको, सेयर सदस्यको १ लाख सम्मको दुर्घटना बिमा गरेको सुत्केरी सहयोग कार्यक्रम गरेको, बेलाबेलामा रक्तदान कार्यक्रम गरेको बताउनु भयो । कार्यक्रममा संस्थाकाे लोगाे इंकित स्टिकर र ६५ जान सेयर सदस्यलाई इलेक्टिक चुलो समेत वितरण गरिएको थियाे ।