ताजा समाचार


खुर्कोटमा मोतिया विन्दुको शल्यक्रिया शिविर

 नेपाल बाहक    २० माघ २०८०, शनिबार १९:४४     426 जनाले पढ़िसके


खुर्कोट । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा  मोतिया विन्दु भएका विरामीहरुको आँखाको  निःशुल्क सल्यक्रिया सुरु भएको छ।

सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाको  संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा   प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा शिविर शनिवार र आईतवार चल्ने शिविरमा १ सय ५० जनाको सल्यक्रिया गर्ने लक्ष्य राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले जानकारी दिए ।

सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउपालिका सहित रामेछाप जिल्लाका समेत बिरामी रहेको आयोजक ले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको शिबिरमा १५ जनाको भन्दा बढीको सल्यक्रिया भइसकेको छ।